शुक्रबार, असार १३, २०८२

एमाले बागमती अधिवेशन

आज हुने भनिएको निर्वाचन अनिश्चित

बुधवार उम्मेदवारी दर्ता, दाबी विरोध तथा फिर्ताको समय तोकिए पनि निर्वाचन आयोगको तालिकाअनुसार कुनै पनि प्रक्रिया नभएपछि आज हुने भनिएको निर्वाचन कार्यक्रम नहुने देखिएको हो।
 |  बिहीबार, असोज ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ११, २०८०

vianetvianet

काठमाडौं– एमालेको काठमाडौंमा जारी प्रथम बागमती प्रदेश अधिवेशनको आज हुने भनिएको निर्वाचन प्रक्रिया अनिश्चित देखिएको छ। बुधवार उम्मेदवारी दर्ता, दाबी विरोध तथा फिर्ताको समय तोकिए पनि निर्वाचन आयोगको तालिकाअनुसार कुनै पनि प्रक्रिया नभएपछि आज हुने भनिएको निर्वाचन कार्यक्रम नहुने देखिएको हो।

जनजाति तथा सीमान्तकृत क्लस्टर नराखिएको भन्दै विरोध भएपछि जनजाति तथा सीमान्तकृत क्लस्टरमा उम्मेदवार खुला गरिएको छ ।
जनजाति क्लस्टरमा ३ पुरुष, २ महिला गरी ५ तथा सीमान्तकृतमा एक महिला र एक पुरुष गरी २ जना सदस्य पदमा उम्मेदवार खुला गरिएसँगै बागमती प्रदेश कमिटी २४७ संख्यामा बन्ने भएको छ।

यसअघि बुधबार एमालेको बागमतीको नेतृत्व चयनमा सहमतिको प्रयास गरिए पनि असफल भएको थियो। बुधवार बिहान अध्यक्ष मण्डलले प्रदेश कमिटी अध्यक्ष पदका आकांक्षीसँग गरेको सहमतिको प्रयास असफल भएको हो। स्थायी कमिटी सदस्य समेत रहेका निर्वाचनमण्डलका संयोजक गुरु बरालसहितको टोलीले अध्यक्षका आकांक्षी कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालसहित अन्य नेतासँग छलफल गरे पनि सहमति हुन सकेन।

निर्वाचन तालिकाअनुसार आज बिहान उम्मेदवारको नामावली प्रकाशित गरेर मतदान सुरु गर्ने तय भए पनि हालसम्म सहमति जुटेको छैन। आज बिहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने, त्यसपछि अन्तिम नामावली प्रकाशित गरेर मतदान गर्ने पूर्वनिर्धारित तालिकाअनुसार निर्वाचन कार्यक्रम अघि बढ्न सकेको छैन । यसअघि प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म हुने जानकारी दिएका थिए।

अध्यक्ष पदका लागि मात्रै पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्। कृष्णप्रसाद दाहाल, केदारबहादुर बुढाथोकी, कैलाश प्रसाद ढुंगेल, सानु कुमार श्रेष्ठ र केशवराज पाण्डे अध्यक्षका आकांक्षी देखिएका छन्। हालसम्म अध्यक्षमा ५ जना, उपाध्यक्षमा ५ जना, सचिवमा ४ तथा उपसचिवमा १२ जनाको उम्मेदवारी परेको छ।

प्रकाशित: Sep 28, 2023| 14:19 बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्