काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार मुलुकका लागि नियुक्त नेपाली राजदूतले पद तथा गोपनीयताको सपथ लिएका छन्।
आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा सुधीर भट्टराई (फ्रान्स), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स), घनश्याम लम्साल कुवेत र रामप्रसाद सुवेदी (स्वीट्जरल्यान्ड)ले सपथ लिएका हुन्।
सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायत सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।