शुक्रबार, असार १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • चिकित्सकको सुरक्षा जिम्मा सरकारले लिन्छः स्वास्थ्यमन्त्री बस्नेत

चिकित्सकको सुरक्षा जिम्मा सरकारले लिन्छः स्वास्थ्यमन्त्री बस्नेत

गृह मन्त्रालयले शान्ति सुरक्षा प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उनले चिकित्सकलाई काममा फर्कन अनुरोध गरे।
 |  बुधबार, असोज १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज १०, २०८०

vianetvianet

चितवन–स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन्। आज पत्रकारसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए।

उनले भने, ‘दिनप्रतिदिन दुःखद् घटना भएका छन्। यो खेदजनक छ। यसबारे पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्यमन्त्री र शिक्षामन्त्रीबीच छलफल भइरहेको छ।’ गृह मन्त्रालयले शान्ति सुरक्षा प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उनले चिकित्सकलाई काममा फर्कन अनुरोधसमेत गरे।

मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन लागू भएसँगै बन्द भएका शैक्षिक संस्था ६ महिनाभित्र सञ्चालनमा ल्याइने बताए। मन्त्री बस्नेतले भने, ‘यही अवस्था रहे पाँच वर्षमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मी नभेटिने अवस्था आउन सक्छ।’

यसका लागि चिकित्सा शिक्षा ऐन संशोधन गरेर बन्द भएका संस्था सञ्चालनको तयारीमा सरकार रहेको उनको भनाइ थियो। नेपाल नेत्रज्योति संघ चितवनले आज भरतपुर आँखा अस्पतालमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले आँखा उपचारमा पर्याप्त काम गर्न नसकेको बताए।

प्रकाशित: Sep 27, 2023| 11:26 बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्