शुक्रबार, वैशाख २६, २०८२

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र जारी

 |  मंगलबार, असोज ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ९, २०८०

vianetvianet
triton college
National life insurance

काठमाडौं- नेकपा एमाले बाग्मती प्रदेशको पहिलो अधिवेशनको बन्दसत्र जारी रहेको छ। हिजो भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ।

बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाबाट झण्डै १२ सय प्रतिनिधि सहभागी भएका छन्। अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय समिति चयन गर्नेछ।

बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, कृष्णभक्त पोखरेल, केशवराज पाण्डे, सानु श्रेष्ठलगायत नेता आकांक्षी छन्।पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो भृकुटीमण्डपमा ड्रोन उडाएर अधिवेशनको उद्घाटन गरेका थिए।

प्रकाशित: Sep 26, 2023| 13:37 मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्