बुधबार, मंसिर २०, २०८०

सुरक्षा माग्दै माइतीघर मण्डलामा डाक्टरहरुको विरोध प्रदर्शन

आज माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल मेडिकल कलेजलगायत काठमाडौं उपत्यकाका डाक्टर सहभागी छन्।
 |  मंगलबार, असोज ९, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ९, २०८०

काठमाडौं– मुलुकका विभिन्न स्थानमा चिकित्समाथि भइरहेको कुटपिटको विरोध गर्दै डाक्टरहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। आज माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल मेडिकल कलेजलगायत काठमाडौं उपत्यकाका डाक्टर सहभागी छन्।

sagarmatha cement

सोमबार पोखराको मणिपाल अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका थिए। आइतबार राती पनि लमजुङ जिल्ला अस्पतालमा बेंसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतले डाक्टर कुटेका थिए। यसअघि गत २७ भदौमा हेटौंडाको सञ्चो अस्पतालमा बिरामीका आफन्तले दुई जना डाक्टरमाथि कुटपिट गरेका थिए।

कुटपिटको विरोधमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेका चिकित्सकसँग सरकारले ६ बुँदे सम्झौता गरेपछि काममा फर्किएका थिए। कुटपिटको विरोधमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकले आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरेका छन्।

शृंखलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणविरुद्ध आवासीय डाक्टर आन्दोलित भएको अस्पतालका उप–निर्देशक तथा छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले बताए। दिनहुँजसो स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि हातपात भइरहेकाले काम गर्ने वातावरण नभएको भन्दै ५ सय आवासीय चिकित्सकले आकस्मिकबाहेक अन्य सेवा ठप्प पारी आन्दोलित भएको उनको भनाइ छ।

‘पोखरा लमजुङ, चितवन, हेटौंडालगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको अवस्थामा सुरक्षा नहुँदा असुरक्षित हुने अवस्था छ। यस्तो बेला कसरी काम गर्न सकिन्छ? सुरक्षा ग्यारेन्टी नहुन्जेल आन्दोलन जारी राख्छौं’, उनले भने।

पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालका चिकित्सकलाई कुटपिट भएको विरोधमा काठमाडौंस्थित नेपाल मेडिकल कलेजका डाक्टरले ओपीडी सेवा बन्द गरी विरोध प्रदर्शन गरेका छन्। बिरामीको सेवा गर्ने डाक्टरमाथि नै आक्रमण हुन थालेपछि जिउज्यानको सुरक्षा माग्दै सडकमा जानुपरेको चिकित्सक बताउँछन्।

कुटाइ खाने कहिलेसम्म, डाक्टर कुट्न पाइँदैन, स्वास्थ्यकर्मीविरुद्धको हिंसा बन्द गरलगायत नारा लेखिएका प्लेकार्ड बोकेर डाक्टहरु विरोध प्रदर्शनमा उत्रिएका हुन्।

प्रकाशित: Sep 26, 2023| 13:05 मंगलबार, असोज ९, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

जसले नारायणहिटीको साँचो बुझेका थिए

जसले नारायणहिटीको साँचो बुझेका थिए

त्यतिबेला राजाको ठाउँमा प्रधानमन्त्रीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउने काम अति संवेदनशील थियो। सुरक्षा जिम्मा पाएको काठमाडौं प्रहरी नेतृत्वको कुशलता र दूरदर्शिताविना यो काम सम्भव थिएन।