शनिबार, वैशाख २६, २०८३

राजनीतिक असमझदारी हटाउन भूमिका खेलिरहेको छु : सभामुख घिमिरे

 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

बनियानी- सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले राजनीतिक दलबीचको असमझदारी हटाउन आफूले भूमिका खेलिरहेको बताएका छन्। 

National life

झापाको बिर्तामोडस्थित निजी सचिवालयमा आज सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसद्लाई कुशलतापूर्वक सञ्चालन गर्न आफू सकेसम्म प्रयासरत रहेको बताए। ‘राजनीतिक पार्टी र नेताहरूबीचमा असमझदारी बनेका बेला उहाँहरूलाई एकठाउँमा राख्ने काम सकेसम्म भूमिका खेलेको छु’, उनले भने, ‘यसमा एक खालको सफलता मिलेको छ।’ सरकारले ल्याएका ऐन–विधेयकलाई संसद्मा घनिभूत छलफल गराउने काम आफूले गरिररहेको सभामुख घिमिरेको भनाइ छ।

सरकारले गम्भीरताका साथ ऐन कानून निर्माण लाग्न नसकेको बताउँदै उनले कानुन ल्याए पनि तुरुन्त पछि हट्नुपर्ने अवस्था रहेको चर्चा गरे। सभामुख घिमिरेले सरकारले विधेयक ल्याउँदा सरोकारवालाहरूसँग बृहत छलफल गर्नुपर्नेमा जोड दिए।

‘संसद्मा विधेयक आउने वित्तिकै त्यसको व्यापाक विरोध भइरहेको अवस्था छ’, उनले भने, ‘विधेयक ल्याउँदा सरोकारवालासँग छलफल गरेर उनीहरूको माग र भावना समेट्न आवश्यक छ।’ झापा क्षेत्र नं २ का संसद्समेत रहेका उनले यस क्षेत्रको विकासमा निरन्तर लागिपर्ने बताए। यस क्षेत्रका जनतासँग गरेको बाचा पूरा गर्न कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो।

प्रकाशित: Sep 25, 2023| 21:19 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्