शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कोशीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र दुई राज्यमन्त्री थपिए

कोशीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र दुई राज्यमन्त्री थपिए

मन्त्रिपरिषद्मा तीन राज्यमन्त्रीसहित ९ जना सहभागी भएका छन्।
 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले दोस्रोपल्ट मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज दुई मन्त्री र दुई राज्यमन्त्रीलाई नियुक्त गरी सपथ खुवाइएको हो। योसहित कोशीमा ९ सदस्यीय मन्त्रिपरिषद् बनेको छ। 

National life

मन्त्रिपरिषद्मा तीन राज्यमन्त्रीसहित ९ जना सहभागी भएका छन्। यसअघि खानेपानी मन्त्री रहेका तिलकुमार मेन्याङ्बोले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने पाँचकर्ण राईले पर्यटन तथा वन मन्त्रालयको जिम्मा पाएका छन्। 

एकराज कार्कीलाई भौतिक पूर्वाधार, लीलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन, बुद्धिकुमार भण्डारी खानेपानी, सिँचाइ, ऊर्जामा नियुक्त भएका छन्। 

रामप्रसाद महतो उद्योग कृषि सहकारी राज्यमन्त्री, सिर्जना राई सामाजिक विकास राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त भएका छन्। नवनियुक्त मन्त्रीहरुले आजै प्रदेश प्रमुख कार्यालयमा सपथ खाए। कार्की सर्वोच्च अदालतको परमादेशपछि २२ भदौमा दोस्रोपल्ट मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रकाशित: Sep 25, 2023| 17:10 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्