शनिबार, वैशाख २६, २०८३

मिसन–८४ मा एमालेको एकल बहुमतः केपी ओली

एमाले मरेको बिरालोजस्तो नभएर जिउँदो बाघ भएर अघि बढिरहेको अध्यक्ष ओलीको भनाइ छ।
 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

National life

काठमाडौं– २०८४ मा हुने निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने अध्यक्ष केपी ओलीले दाबी गरेका छन्। आज बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मिसन–८४ एमालेले एकल बहुमत ल्याउनकै लागि चलाइरहेको बताएका हुन्। 

उनले भने, ‘एमाले विरोधी सबै एकै ठाउँ आए हुन्छ, बाँकी थप पनि गठबन्धनमा आए। तर, मिसन–८४ मा एमालेले एकल बहुमत ल्याउँछ, त्यो पनि ढुक्कसँग।’

एमाले मरेको बिरालोजस्तो नभएर जिउँदो बाघ भएर अघि बढिरहेको अध्यक्ष ओलीको भनाइ छ। पत्रपत्रिकाले एमालेभित्र यो र त्यो उम्मेदवार भनेर प्रचार गरिरहेकाले त्यतातिर आँखा नडुलाउन उनले प्रदेशमा नेतृत्व लिन चाहनेलाई सुझाए।

प्रकाशित: Sep 25, 2023| 16:12 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्