बिहीबार, असार ३२, २०८३

कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै

सर्वोच्चको परमादेशबाट गत २२ भदौमा दोस्रोपल्ट मुख्यमन्त्री नियुक्त भएका कार्कीले दोस्रोपल्टै चार सदस्य थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। 
 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज दोस्रोपल्ट चार जना सम्मिलित मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।

सर्वोच्च अदालतको परमादेशबाट गत २२ भदौमा दोस्रोपल्ट मुख्यमन्त्री नियुक्त भएका कार्कीले दोस्रोपल्टै चार सदस्य थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। 
कार्कीले विस्तार गर्ने मन्त्रिपरिषद्मा चार जना नयाँ अनुहार थपिनेछन्। 

मुख्यमन्त्री कार्कीले सुनसरीका रामप्रसाद मेहता, धनकुटाका निरन राई, मोरङका लीलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई मन्त्री बनाउने बुझिएको छ। 

कोशीमा यसअघि २२ भदौमा मुख्यमन्त्री कार्कीले ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, झापाका एकराज कार्की र खोटाङका पाँचकर्ण राईलाई मन्त्री र भोजपुरकी सिर्जना राईलाई राज्यमन्त्री बनाएका थिए।

आज नियुक्त हुने चारमध्ये दुई जना मुख्यमन्त्री कार्कीको पहिलो मन्त्रिपरिषद्का सदस्य थिए। मेहता र निरन नयाँ अनुहार हुन्।

प्रकाशित: Sep 25, 2023| 14:36 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्