बिहीबार, असार १२, २०८२

सडकमै सुतेर आन्दोलन गर्ने राहत शिक्षकको घोषणा

सरकार–महासंघ सहमतिलाई अस्वीकारेका हजारौंको संख्यामा आन्दोलित राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षकलगायतले आज दिउँसो सडकमै सुतेर आन्दोलन गर्ने भएका हुन्।
 |  सोमबार, असोज ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

vianetvianet

काठमाडौं–गत ३ असोजदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरेर काठमाडौं ओइरिएका विभिन्न राजनीतिक दलका संगठनमा आबद्ध शिक्षकहरुले नेपाल शिक्षक महासंघको अगुवाइमा गरेको आन्दोलन ६ बुँदे मागमा टुंगिए पनि राहत शिक्षकले सम्झौता अस्वीकार गर्दै सडक छाडेका छैनन्।

महासंघले सरकारसँग १७ बुँदे माग राखेर आन्दोलन गरेको थियो। सरकारले हालै संसद् लगेको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका शिक्षकहरु आन्दोलनका लागि काठमाडौं आएपछि सरकारले वार्ता गरेसँगै उनीहरु थातथलो फर्किएर पढाउन थालिसकेका छन्।

शिक्षक महासंघको अगुवाइमा सरकारसँग राखिएका अधिकांश माग पूरा गर्ने सहमति बने पनि रातह शिक्षकले भने आफूहरुलाई धोका दिइएको दाबी गरेका छन्। सरकारले आफूहरुको माग सुनुवाइ नगरेकाले आज सडकमै सुतेर आन्दोलन गरिने राहत शिक्षकले घोषणा गरेका हुन्।

सरकारले ल्याएको नयाँ शिक्षा विधेयकमा शिक्षकलाई राजनीतिबाट निषेध गरिएको छ भने विद्यालय व्यवस्थापनको अध्यक्ष अभिभावकबाट छानिने भनिएको छ। सरकार–महासंघ सहमतिलाई अस्वीकारेका हजारौंको संख्यामा आन्दोलित राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षकलगायतले आज दिउँसो सडकमै सुतेर आन्दोलन गर्ने भएका हुन्।

राज्यले आफूहरूलाई लाशजस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध गर्ने बताएका छन्। आज सडकमा लम्पसार सुतेर विरोध जनाउने कार्यक्रम रहेको नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह–अध्यक्ष नवीनसिंह धामीले बताए।

‘दिउँसो १२ बजेतिर हामी सडकमा आधा घन्टा लम्पसार लाश बनेर पल्टिन्छौं। सडकमा सुत्छौं। माग पूरा नहुन्जेल थप कडा आन्दोलन गर्छौं’, उनले भने।

गत ७ असोजमा नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो। सम्झौतामा आफूहरूले उठाएका मुद्दा सम्बोधन नगरिएको दाबीसहति राहत शिक्षकले आन्दोलनलाई निरन्तरता दिएका हुन्। राहत शिक्षकले स्वतः स्थायी हुनुपर्ने मुख्य माग अगाडि सारेका छन्।

प्रकाशित: Sep 25, 2023| 11:38 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्