बिहीबार, असार १२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणले द्विपक्षीय सम्बन्ध विस्तारमा थप ऊर्जाः चिनियाँ प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणले द्विपक्षीय सम्बन्ध विस्तारमा थप ऊर्जाः चिनियाँ प्रधानमन्त्री

प्रचण्डको चीन भ्रमणले दुई मुलुकबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चिनियाँ प्रधानमन्त्री ली छ्याङको धारणा।
 |  सोमबार, असोज ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

vianetvianet

बेइजिङ–चिनियाँ प्रधानमन्त्री ली छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन्। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिएको छोटो स्वागत मन्तव्यमा उनले सो धारणा व्यक्त गरेका हुन्।

प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री प्रचण्डको भ्रमण द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढीकरण गर्न थप सहयोगी बनेको बताए। चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद् रहेको प्रधानमन्त्री छ्याङको भनाइ थियो। 

उनले प्रधानमन्त्री प्रचण्डले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पु¥याउनुभएको उल्लेख गरे। प्रधानमन्त्री छ्याङले सदियौँ पुरानो छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राखे। हाल बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्स कंग्रेसमा द्विपक्षीय भेटवार्ता जारी छ।–रासस

प्रकाशित: Sep 25, 2023| 10:49 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्