शुक्रबार, वैशाख २६, २०८२

एमाले बागमती प्रदेश अधिवेशन आजदेखि

 |  सोमबार, असोज ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

vianetvianet

काठमाडौं- नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ। अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको भृकुटीमण्डपमा उद्घाटन गर्नेछन्।

triton college

अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। अधिवेशनमा प्रदेशभरबाट १ हजार २ सय प्रतिनिधि सहभागी हुनेछन्। अधिवेशनले २ सय ४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। 

भोलिसम्म चल्ने अधिवेशनमा सहमतिमा नेतृत्व चयनका लागि छलफल भइरहे पनि अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ।

बागमती प्रदेश अध्यक्षमा केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्ण दाहाल र रचना खड्काले दाबी गर्दै आएका छन् भने बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे, सचिव विजय सुवेदी, पूर्वसांसद कृष्णभक्त पोखरेल, वाग्मती प्रदेशसभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ पनि अध्यक्षको दाबेदार रहेका छन्। 

प्रकाशित: Sep 25, 2023| 09:38 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्