शुक्रबार, वैशाख २६, २०८२

प्रधानमन्त्री दाहाल र चिनियाँ कांग्रेस अध्यक्ष चाओबीच भेटवार्ता 

 |  सोमबार, असोज ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

vianetvianet

बेइजिङ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ पिपुल अफ कांग्रेसका स्थानीय समिति अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ। 

triton college

बेइजिङस्थित ग्रेटहल अफ दि पिपलमा उनीहरूबीच भेटवार्ता भएको हो। सो अवसरमा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहेको थियो।

भेटका अवसरमा प्रधानमन्त्री दाहालले नेपाल–चीन सम्बन्धका विविध आयाममाथि प्रकाश पारे। उनले नेपाल–चीन सम्बन्ध सन् १९५५ मा औपचारिकरूपमा स्थापना हुनुभन्दा पहिले पाँचौँ शताब्दीमा नै नेपाली बौद्ध भिक्षु बुद्ध भद्रले चीन भ्रमण गरेदेखि नै सुरु भएको उल्लेख गरे।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भई नयाँ समझदारी निर्माण गरेको आफूले महसुस गरेको बताए।

प्रधानमन्त्री दाहालले यस पटकको भ्रमण फलदायी भएको र दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे। उनले ‘एसियन गेम्स’ को सफलतापूर्वक आयोजना गरेकोमा चीनलाई बधाई समेत ज्ञापन गरे।

National life insurance

चिनियाँ कांग्रेस अध्यक्ष चाओले दुई देशबीचको सम्बन्ध समानता आधारित रहेको चर्चा गर्दै नेपाल–चीन पञ्चशिलमा आधारित परराष्ट्र नीतिलाई सम्मान गर्ने स्पष्ट पारे। 

चिनियाँ राष्ट्रपति सी चिनफिङले यस भ्रमणलाई महत्व दिएको र यस भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको उनको भनाइ थियो।

अध्यक्ष चाओले नेशनल पिपल अफ कांग्रेस र नेपालबीचको सम्बन्ध विस्तार र सहकार्य गर्न सदैव तयार रहेको उल्लेख गरे।

प्रकाशित: Sep 25, 2023| 09:11 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्