शनिबार, वैशाख २६, २०८३

देउवाले भने - अब जनताले भोट हाल्दा व्यक्ति हेर्छन्, जात होइन

 |  आइतबार, असोज ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशिताको सवालमा नेपाल निकै अगाडि रहेको बताएका छन्। आइतबार काठमाडौंमा नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै देउवाले भारतमा भर्खरै मात्र महिला सहभागिता सुनिश्चित गरेको अवस्थामा नेपालले यसअघि नै समावेशीसहितको संविधान जारी गरिसकेको बताए।

National life

उनले राष्ट्रिय सहमति कायम गर्न सके सबै जातजातिका लागि समावेशी सहभागिता बढाउन सकिने जिकिर गरे। देउवाले नेपालमा जात भन्दा पनि व्यक्तिलाई हेरेर भोट दिने गरेको भन्दै निर्वाचनमा योग्य भएर राज्यको विभिन्न निकायमा सहभागिता जनाउन सकिने बताए। 

त्यस्तै, उनले नेपालमा मुस्लिम समुदायले सदियौँदेखि राष्ट्रहितमा काम गरेकाले मुस्लिम संघले पनि मुलुकको हितमा काम गर्ने विश्वास व्यक्त गरे।

'कति साथीहरू चुनावमा मज्जाले जितेका छन्। धेरै साथीहरू चुनाव जितेका छन्। भोलि पनि जित्न सक्छन्। अहिले राम्रो कुरा के छ भने जातको आधारमा भोट हाल्ने भन्दा पनि व्यक्तिको आधारमा भोट हाल्ने चलन छ। अहिले मान्छेले बुझेका छन्। हिजो अस्ति जातको कुरा भए पनि अब सबै हटिसकेको छ। जो विज्ञ छ, सेवा गर्छ, सहयोग, काम गर्छ, डेडिकेटेड छ, त्यसलाई भोट हाल्ने पद्धति बढेको छ। यो राम्रो कुरा हो,' उनले भने।

कार्यक्रममा नेपाल मुस्लिम संघले सभापति देउवालाई अभिनन्दन गरेको थियो।

प्रकाशित: Sep 24, 2023| 19:07 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्