शुक्रबार, वैशाख २६, २०८२

एनआईसी एशिया बैंकको २६औं साधारणसभा असोज २८ मा

 |  आइतबार, असोज ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

vianetvianet

एनआई सी एशिया बैंकको २६औँ साधारणसभा असोज २८ गते हुने भएको छ। बैंक सञ्चालक समितिको बैठकले असोज २८ गते भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा साधारणसभा गर्ने निर्णय गरेको हो।

triton college

वार्षिक साधारण सभामा गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतमा छलफल गरी स्वीकृत गर्ने प्रस्ताव रहेका छन्।

साथै, गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर (३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ रुपेयाँ) र १.५२६३ प्रतिशत नगद लाभांश (१७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँ) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव बैंकको रहेको छ।

त्यस्तै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने विषयसूची साधारणसभाको छ।

प्रकाशित: Sep 24, 2023| 17:37 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्