शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डको ‘व्यस्त’ कार्यसूची

साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डको ‘व्यस्त’ कार्यसूची

साताव्यापी भ्रमणका लागि अमेरिकाको न्युयोर्कबाट चीन पुगेका प्रधानमन्त्री प्रचण्डको पहिलो दिन आज एसियाड उद्घाटनमा सहभागितादेखि राष्ट्रपति सी जिनपिङसँग भेट गरेर भ्रमणको कार्यसूची फलो गर्नेछन्।
 |  शनिबार, असोज ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज ६, २०८०

बेइजिङ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उत्तरी छिमेकी मित्रराष्ट्रको राजकीय भ्रमणका लागि आज चीन पुगेका छन्। चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरे।

triton college

सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि उपस्थित थिए। प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको  ७८औँ महासभालाई सम्बोधन गरेर शुक्रबार राती न्युयोर्कबाट चीन पुगेका हुन्। प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २२ मा राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेका थिए। 

प्रधानमन्त्री प्रचण्ड आजदेखि हाङझाव सहरमा आयोजना गरिएको १९औं एसियन गेमको समुदटन समारोहमा सहभागी हुनेछ। त्यसैगरी हाङजावमै प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन्। दुई नेताबीच सो सहरमा उच्चस्तरीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

प्रधानमन्त्री प्रचण्ड उक्त कार्यक्रमपछि चीनको राजधानी सहर बेइजिङ आउनेछन्। बेइजिङमा सेप्टेम्बर २५ मा चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।

उक्त भेटावार्तापछि प्रधानमन्त्री प्रचण्डले चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन्। सो क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे पनि जानकारी लिनेछन्। महानगरले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेकाले सो विषयमा अध्ययन अवलोकन गर्ने कार्यक्रम छ। 

Metro Mart
vianet

भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री प्रचण्डले चीनको राष्ट्रिय जनकंग्र्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गने कार्यसूची छ।

यसैगरी उनले चीनस्थित नेपाली दूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नेछन्। सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीको सहभागिता रहनेछ। सो अवसरमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै लगानी प्रवद्र्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिनेछ। सम्मेलनमा सहभगिताका लागि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नेपालका उद्योगी व्यवसायी पनि चीन आइपुगेका छन्।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन्। तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिमण्डलसहित सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम  छ।–रासस

प्रकाशित: Sep 23, 2023| 13:27 शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्