आइतबार, वैशाख २८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा, आज राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा, आज राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नेपाली प्रतिनिधिमण्डको नेतृत्व गरी गत शनिबार अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार राती उतैबाट साताव्यापी चीन भ्रमणमा गएका हुन्।
 |  शनिबार, असोज ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज ६, २०८०

vianetvianet

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिनियाँ समकक्षी ली क्वानको निमन्त्रणमा साताव्यापी चीन भ्रमणका लागि एसियाली खेलकुद महाकुम्भ स्थल हाङझाव पुगेका छन्।

triton college

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नेपाली प्रतिनिधिमण्डको नेतृत्व गरी गत शनिबार अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार राती उतैबाट साताव्यापी चीन भ्रमणमा गएका हुन्।

प्रधानमन्त्री नेतृत्वको टोली स्थानीय समयअनुसार शुक्रबार राती साढे १ बजे न्युयोर्कबाट हाङझावका लागि उडेको प्रचण्डको सचिवालयले जनाएको छ। आजदेखि सुरु हुने एसियाली खेलकुद उद्घाटन समारोहमा सरिक भएपछि प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

चीनको सात दिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले समकक्षी ली क्वान र चीनको नेसनल कंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेइजिङमा द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–चीन लगानी सम्मेलनलाई बेइजिङस्थित नेपाली दूतावासको कार्यालयमा सम्बोधन गर्नेछन्।

National life insurance

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले चोङकिङ नगरपालिकामा कृषि र औद्योगिक  विकासको निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ।अमेरिकाबाट चीन पुगेका प्रधानमन्त्री प्रचण्डलाई १९औं एसियाली खेलकुद उद्घाटन हुने क्षेत्र हाङझावमा चीन सरकारका खेलकुद सामान्य प्रशासनमन्त्री तथा चिनियाँ ओलम्पिक समिति अध्यक्ष गाओ झिदानले स्वागत गरेका छन्। 

प्रधानमन्त्री प्रचण्ड भ्रमणको पहिलो दिन आज हाङजावमा हुने १९औं एसियन गेमको उद्घाटन समारोहमा सरिक हुनेछन्। प्रचण्डले ८ असोजमा बेइजिङमा समकक्षी लि छियाङ्सँग भेट तथा द्विपक्षीय वार्ता गर्नेछन्।  

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोलीमा स्वकीय सचिव छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासंघका पदाधिकारी संलग्न छन्।

प्रधानमन्त्री प्रचण्डसहितको भ्रमण टोली चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासा भ्रमण गरी ३० सेप्टेम्बरमा देश फर्किनेछ।

प्रकाशित: Sep 23, 2023| 10:59 शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्