शनिबार, वैशाख २६, २०८३

कांग्रेसको महासमिति बैठक मधेशमा गर्न प्रस्ताव

 |  शुक्रबार, असोज ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०

काठमाडौं- नेपाली कांग्रेसको आगामी मंसिरमा हुने भनिएको महासमिति बैठक मधेसमा गर्न केन्द्रीय सदस्यहरुले प्रस्ताव गरेका छन्। कांग्रेसको बिहीबारदेखि सुरु भएको नियमित केन्द्रीय समिति बैठकमा महासमिति बैठक मधेश प्रदेशमा गर्न प्रस्ताव गरेका हुन्।

National life

कांग्रेसले यसअघि साउनमा बसेको बैठकबाटै आगामी मंसिर ११ देखि १३ गतेसम्म महासमिति बैठक बोलाउने निर्णय गरेको थियो। महामन्त्री गगन थापाले महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन सहितको प्रस्ताव पेस गरेका छन्। त्यसबारेको छलफलका क्रममा केन्द्रीय सदस्यहरुले महासमिति बैठक मधेश प्रदेशमा गर्न प्रस्ताव गरेका हुन्।

शुक्रबारको बैठकमा बोल्नेक्रममा केन्द्रीय सदस्य मधु आचार्यले महासमिति बैठक मधेश प्रदेशमा गर्नु उपयुक्त हुने बताए। 'यो पार्टीको महाधिवेशनपछिको अर्को महत्वपूर्ण सभा हो। यो पार्टी जीवनका लागिमात्रै होइन, अहिलेको देशको परिस्थितिका हिसाबले पनि निकै महत्वपूर्ण छ,' उनले भने, 'त्यसकारण महासमिति बैठक ग्राउन्डमा गर्नु राम्रो हुन्छ। मधेश कांग्रेसको उर्वर थलो हो। महासमिति बैठक मधेशमै गरौँ।'

उनले महासमिति बैठकका लागि तीन दिन कम हुनेसमेत बताए। 'महासमिति बैठकले नीति महाधिवेशनको काम पनि गर्नु छ। त्यसैले यो तीन दिनमा सकिदैन,' उनले भने, 'त्यसकारण यसलाई कम्तीमा पनि पाँच दिनको समयावधि तोकिनुपर्छ।'

अर्को केन्द्रीय सदस्य गोविन्द पोखरेलले पनि महासमिति बैठक मोफसलमा गर्नु नै उपयुक्त हुने बताए। 'पार्टीको महाधिवेशन काठमाडौँमा भयो। अब महासमिति बैठक काठमाडौं उपत्यकाबाहिर हुनु राम्रो हुन्छ,' उनले भने, 'त्यसकारण यहाँ मधेशमा गर्नुपर्छ भन्ने कुरा उठेको छ, त्यो उपयुक्त हुन्छ।'

प्रकाशित: Sep 22, 2023| 18:45 शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्