सोमबार, मंसिर २५, २०८०

सिंहदरबारमा आन्दोलनरत शिक्षकसँग सरकारको वार्ता

सरकारले आज बिहान ९ बजे आन्दोलनरत शिक्षकसँग सम्बोधन गरिने मागका विषयबारे छलफल गर्ने बताए पनि दुवै पक्षको आन्तरिक तयारी नपुगेपछि वार्तामा ढिलाइ भएको हो।
 |  शुक्रबार, असोज ५, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०

काठमाडौं– नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षा विधेयक खारेजीसहित १७ सूत्रीय माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकका प्रतिनिधि र सरकारबीच सिंहदरबारमा वार्ता सुरु भएको छ।

sagarmatha cement

सरकारले आज बिहान ९ बजे आन्दोलनरत शिक्षकसँग सम्बोधन गरिने मागका विषयबारे छलफल गर्ने बताए पनि दुवै पक्षको आन्तरिक तयारी नपुगेपछि वार्तामा ढिलाइ भएको हो।

रक्षा मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोककुमार राई, सञ्चारमन्त्री रेखा शर्मासँग आन्दोलनरत शिक्षकले उठाएका मागबारे छलफल गरेका थिए।

कावा प्रधानमन्त्री खड्काले आन्दोलनरत शिक्षकसँग सकभर आजै वार्ता गरेर टुंगोमा पुग्न बैठकमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिएका थिए।

प्रकाशित: Sep 22, 2023| 15:48 शुक्रबार, असोज ५, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्