सोमबार, मंसिर २५, २०८०
  • गृहपृष्ठ
  • अर्थ
  • नक्कली कागजपत्र बनाएर जापान पुर्‍याइए १०० बढी प्रशिक्षार्थी कामदार

नक्कली कागजपत्र बनाएर जापान पुर्‍याइए १०० बढी प्रशिक्षार्थी कामदार

जानका अध्यक्ष डा रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी संस्थाको नक्कली कागजात बनाएर प्रशिक्षार्थी कामदारलाई जापान लगिएको घटना सार्वजनिक भएको हो।
 |  शुक्रबार, असोज ५, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०

काठमाडौं– श्रम मन्त्रालयबाट प्रशिक्षार्थी कामदार जापान पठाउन भाषा र संस्कृतिसम्बन्धी परीक्षा लिन स्वीकृतिप्राप्त नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड प्रयोग गरी तीन वर्षभित्र १०० बढी कामदारलाई जापान लगिएको रहस्य खुलेको छ।

sagarmatha cement

जानका अध्यक्ष डा रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी संस्थाको नक्कली कागजात बनाएर प्रशिक्षार्थी कामदारलाई जापान लगिएको घटना सार्वजनिक भएको हो।

गत असार पहिलो साता जानका भाषा परीक्षकले सामाजिक सञ्जालबाट भाषा परीक्षामा अनुत्तीर्ण भएका ३ जना प्रशिक्षार्थी जापान पुगेको जानकारी पाएपछि संस्थाको लेटरप्याड र अध्यक्ष भुसालको हस्ताक्षर किर्ते गरी परीक्षार्थी कामदार जापान पुगेको वैदेशिक रोजगार विभागले बताएको छ।

जानको नाममा नक्कली कागजात बनाएर १०० बढी प्रशिक्षार्थी कामदारलाई जापान लगिएको घटना छानबिन गर्न विभागका प्रशासन शाखा निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले १ महिनाभित्र सबै विषयमा छानबिन गर्ने उप्रेतीको भनाइ छ।

गत असार पहिलो साता जानको भाषा परीक्षामा अनुत्तीर्ण भएका जापान पुगेको भेटेपछि सम्बन्धित मेनपावर कम्पनीलाई सोधीखोजी गर्दा उसले ती व्यक्ति जापान पुगेको पुष्टि गरेसँगै यसबारे विभागलाई जानकारी गराइएको जानका अध्यक्ष भुसालले बताए। 

Metro Mart
worldlink

नक्कली कागजातमा प्रशिक्षार्थी कामदारलाई जापान लगिएका कागजान मगाउँदा कम्पनीले जापान पुगेका व्यक्तिको भाषा उत्तीर्णको नक्कली प्रमाणपत्रको फोटोकपी जानलाई उपलब्ध गराइएको उनले दाबी गरे।

२१ जेठ मिति उल्लेख भएको उक्त प्रमाणपत्रमा जानको लेटरप्याड र आफ्नो हस्ताक्षरसमेत किर्ते गरिएको भेटिएको उनले बताए। त्यसपछि ८ असारमा वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, सम्बन्धित मेनपावर, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र त्रिभुवन विमानस्थलको अध्यागमनलाई यसबारे जानकारी गराइएको उनको भनाइ छ।

प्रकाशित: Sep 22, 2023| 15:21 शुक्रबार, असोज ५, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्