मंगलबार, वैशाख २९, २०८३

दैनिक सुन आयात कोटा दोब्बर

राष्ट्र बैंकले यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएकामा बढाएर २० केजी पुर्‍याएको हो।
 |  शुक्रबार, असोज ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०


काठमाडौं– राष्ट्र बैंकले दैनिक रुपमा आयात गरिने सुनको कोटा बढाएको छ। राष्ट्र बैंकले यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएकामा बढाएर २० केजी पुर्‍याएको हो।

National life

राष्ट्र बैंकको निर्णयसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउनेछन्। कोटा बढाइए पनि राष्ट्र बैंकले हालसम्म परिपत्र गरिनसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। केही समयअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयात कोटा बढाउने निर्णय कार्यान्वयन गर्न राष्ट्र बैंकलाई चिठ्ठी लेखेको थियो।

२२ फागुन २०७८ सम्म वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न सक्ने व्यवस्था भए पनि राष्ट्र बैंकले दैनिक कोटा १० किलोमा सीमित गरेको थियो।

सुनचाँदी व्यवसायी र वाणिज्य बैंकहरुले पनि पटक–पटक राष्ट्र बैंक र सरकारलाई सुन आयात कोटा बढाइदिन माग र दबाब दिँदै आएका थिए।

प्रकाशित: Sep 22, 2023| 13:32 शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्