शुक्रबार, वैशाख २६, २०८२

चीन भ्रमणका लागि न्युयोर्कबाट हाङझाव उड्दै प्रधानमन्त्री प्रचण्ड

चिनियाँ समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कबाट हाङझावका लागि उड्न लागेका हुन्।
 |  शुक्रबार, असोज ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०

vianetvianet

काठमाडौं– संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नेपाली प्रतिनिधिमण्डको नेतृत्व गरी गत शनिबार अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीन भ्रमणका बेइजिङ जाँदै छन्। चिनियाँ समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कबाट हाङझावका लागि उड्न लागेका हुन्।

triton college

न्युयोर्कबाट स्थानीय समयअनुसार आज राती साढे १ बजे प्रधानमन्त्री नेतृत्वको टोली हाङझाव प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले हाङझावमा चीनका राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम छ। भोलिदेखि सुरु हुने एसियाली खेलकुद उद्घाटन समारोहमा सरिक भएपछि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच भेट हुने कार्यतालिका सार्वजनिक भएको छ।

चीनको सात दिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले समकक्षी ली क्वान र चीनको नेसनल कंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेइजिङमा द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–चीन लगानी सम्मेलनलाई बेइजिङस्थित नेपाली दूतावासको कार्यालयमा सम्बोधन गर्नेछन्।

National life insurance

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले चोङकिङ नगरपालिकामा कृषि र औद्योगिक  विकासको निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोलीमा स्वकीय सचिव छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासंघका पदाधिकारी संलग्न छन्।

प्रधानमन्त्री प्रचण्डसहितको भ्रमण टोली चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासा भ्रमण गरी ३० सेप्टेम्बरमा देश फर्किनेछ।

प्रकाशित: Sep 22, 2023| 12:39 शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्