शनिबार, वैशाख २६, २०८३

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट

महासभामा सहभागी हुन अमेरिका पुगेका विभिन्न देशका प्रतिनिधिको सम्मानमा राष्ट्रपतिले दिएको रात्रिभोजका क्रममा प्रधानमन्त्रीले बाइडेनसँग फोटो सेसन र संक्षिप्त भेट गरेको प्रचण्डको सचिवालयले बताएको हो।
 |  शुक्रबार, असोज ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०

National life

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ।

महासभामा सहभागी हुन अमेरिका पुगेका विभिन्न देशका प्रतिनिधिको सम्मानमा राष्ट्रपतिले दिएको रात्रिभोजका क्रममा प्रधानमन्त्रीले बाइडेनसँग फोटो सेसन र संक्षिप्त भेट गरेको प्रचण्डको सचिवालयले बताएको छ।

दुई नेताबीच भेटएको तस्बिर प्रधानमन्त्री प्रचण्डको सचिवालयले सार्वजनिक गरेको छ। भेटपछि प्रधानमन्त्री प्रचण्डले न्यानो आतिथ्यका लागि बाइडेन दम्पतीलाई आभार तथा धन्यवाद दिएका छन्।

प्रकाशित: Sep 22, 2023| 12:15 शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्