शनिबार, वैशाख २६, २०८३

सानेपामा आज पनि कांग्रेस बैठक, थप केन्द्रीय सदस्य बोल्दै

आजको बैठकमा हिजो बोलिनभ्याएका थप केन्द्रीय सदस्यहरुले आ–आफ्ना धारणा राख्नेछन्।
 |  शुक्रबार, असोज ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०

काठमाडौं– सत्तारुढ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि मुख्यालय सानेपामा बस्दै छ। बिहीबारदेखि सुरु केन्द्रीय समिति बैठक मुख्यालय सानेपामा बिहान ११ बजेपछि बस्न लागेको हो।

National life

आजको बैठकमा हिजो बोलिनभ्याएका थप केन्द्रीय सदस्यहरुले आ–आफ्ना धारणा राख्नेछन्। बिहीबार केन्द्रीय सदस्य विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महरलगायतले राजनीतिक गतिविधि, पार्टी संगठनलगायतबारे आ–आप्mना धारणा राखेका थिए। 

त्यसपछि प्रदेशगत निम्तो गरिएका प्रदेश सभापति ललितजंग शाही, वीरबहादुर बलायर, उद्धव थापा, कृष्णप्रसाद यादय, इन्द्रबहादुर बानियाँ, शुक्रराज शर्मा अमरसिंह पुनले बैठकमा आ–आफ्नो धारणा राखेका थिए।

बिहीबार महामन्त्री गगन थापाले विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए भने उपसभापति पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका वार्ताबारे सहभागीलाई जानकारी गराएका थिए।

प्रकाशित: Sep 22, 2023| 10:54 शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्