आइतबार, मंसिर १७, २०८०

शिक्षा विधेयक फिर्ता लिन एमाले सांसदद्वारा सुझाव

 |  बिहीबार, असोज ४, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

काठमाडौं- संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका नेकपा (एमाले) का सांसदहरूले शिक्षामन्त्री राईसँग भेट गरी शिक्षा विधेयक फिर्ता लिन सुझाव दिएका छन्।

sagarmatha cement

नेकपा (एमाले) का तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने र संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका सांसदहरूले शिक्षामन्त्री राईसँग भेट गरी शिक्षा विधेयक फिर्ता लिन सुझाव दिएको भेटपछि एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए। 

‘सामुदायिक र सरकारी शिक्षालाई अझ व्यवस्थित ढङ्गले अघि बढाउने कुरामा सरकारले पछिल्लो समय ल्याएको शिक्षा विधेयकले सरकारको नियतमाथि नै आशङ्का पैदा गरिदिएको छ’, बर्तौलाले भने। 

तीन तहको सरकारको दायित्वलाई व्यवस्थित ढङ्गले संविधानले दिएको सीमाभित्र रहेर अघि बढ्ने गरी सङ्घीय शिक्षा ऐन आउनुपर्ने सांसदहरूको भनाइ छ। 
 

प्रकाशित: Sep 21, 2023| 21:31 बिहीबार, असोज ४, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्