शुक्रबार, असार १३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • इन्डो-प्यासिफिक आर्मि चिफ कन्फरेन्सका लागि प्रधानसेनापति आइतबार भारत जाँदै

इन्डो-प्यासिफिक आर्मि चिफ कन्फरेन्सका लागि प्रधानसेनापति आइतबार भारत जाँदै

 |  बिहीबार, असोज ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

vianetvianet

काठमाडौं- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारतको नयाँ दिल्ली जाने भएका छन्।

तेह्रौँ संस्करणको सेना प्रमुखहरुको कन्फ्रेन्समा सहभागिताका लागि प्रधानसेनापति शर्मा दिल्ली जाने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। 

नयाँ दिल्लीमा २०८० असोज ८ गतेदेखि १० गतेसम्म इन्डो–प्यासिफिक आर्मी चिफ कन्फ्रेन्स हुने छ। त्यही कार्यक्रमका लागि प्रधानसेनापति भारत प्रस्थान गर्ने तयारी भएको हो। 

सोही अवसरमा हुने ४७ औं इन्डो प्यासिफिक आर्मी म्यानेजमेन्ट सेमिनारमा सहभागी हुने उपरथी योगराज शर्मा र महासेनानी वसन्तबहादुर गौतम तथा नवौँ सिनियर इनलिस्टेड लिडर्स फोरममा सहभागी हुने प्रमुख सुबेदार रत्नबहादुर थापा पनि प्रधानसेनापतिको भ्रमण टोलीमा सामेल छन्। 

प्रधानसेनापति शर्माले यो कार्यक्रममा सहभागीता जनाउने बारेमा भदौ २३ गतेको मन्त्रिपरिषद बैठकले निर्णय गरिसकेको छ। भारत र अमेरिकी सेनाहरुको सह-आयोजनामा सञ्चालन हुने यस पटकको कन्फ्रेन्समा सहभागी भई प्रधानसेनापति नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्किनेछ। 

नियमित रुपमा सञ्चालन हुँदै आएको यस कार्यक्रममा सहभागीताबाट मित्रराष्ट्रका सैन्य संगठनहरुबीच सुमधुर सम्बन्ध विकासमा मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ।
 

प्रकाशित: Sep 21, 2023| 18:33 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्