शुक्रबार, असार १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • शिक्षकले काठमाडौंको बिरुवा मासेपछि बालेनले सम्झिए देवकोटाको कविता 

शिक्षकले काठमाडौंको बिरुवा मासेपछि बालेनले सम्झिए देवकोटाको कविता 

 |  बिहीबार, असोज ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

vianetvianet

काठमाडौं- सरकारले संसद्‌मा दर्ता गरेको शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै १८ बुँदे माग राखेर देशभरका शिक्षकहरु संघीय राजधानी काठमाडौंमा आन्दोलनरत छन्। उनीहरुले आन्दोलनका क्रममा काठमाडौं महानगरले सहरको सुन्दरताका लागि सडक छेउमा राखेका बिरुवा तथा घाँसहरु मासिएको छ। 

उक्त घाँसहरु मासिएपछि काठमाडौं महानगरका मेयर बालेन शाहले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता स्मरण गराएका छन्। समाजलाई सही बाटो देखाउने र विद्यार्थीहरुमा शिक्षाको ज्योती छर्ने भनिएका शिक्षकहरुले नै आन्दोलनका क्रममा काठमाडौं महानगरको घाँस मासेपछि व्यंग्य गर्दै महाकवि देवकोटाको कवितांश सामाजिक सञ्‍जाल फेसबुकमा शेयर गरेका छन्। 

उनले मासिएको घाँसमा आन्दोलनमा क्रममा बसिरहेका शिक्षकहरुसहितको तस्बिर शेयर गर्दै लेखेका छन्, 'नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ, नच्यात्नु फूल नानी हो, दया र धर्म भाग्दछ, महाकवि लक्ष्मीप्रसाद देवकोटा।' 

प्रकाशित: Sep 21, 2023| 18:19 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्