शनिबार, वैशाख २७, २०८२

कांग्रेसमा थपिएका आठ केन्द्रीय सदस्य को कुन समूहका ?

 |  बिहीबार, असोज ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठ जना नेतालाई पार्टीको केन्द्रीय कार्यसमिति सदस्य मनोनित गरेका छन्। आज केन्द्रीय समिति बैठक सुरु हुनुअघि सभापति देउवाले केन्द्रीय सदस्य थपेका हुन्।
थपिएका केन्द्रीय सदस्यमा पछिल्लो महाधिवेशनमा उपसभापतिमा पराजित भएका चन्द्र भण्डारी, व्यवसायी अनिलकुमार रुंगटालगायत छन्।

triton college

भण्डारी गत महाधिवेशनमा नेता शेखर कोइराला समूहबाट उपसभापतिको उम्मेदवार थिए। देउवाले उपसभापतिकै दुई प्रत्यासी विजयकुमार गच्छदार र सुजाता कोइरालालाई महाधिवेशनलगत्तै केन्द्रीय सदस्य मनोनित गरे पनि भण्डारीलाई भने गरेका थिएनन्।

मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाईं, किरणराज शर्मा पौडेल, भरतकुमार शाह र शारदा पौडेल पनि केन्द्रीय सदस्य मनोनित भएका छन्। यीमध्ये पौडेल पहिलो पटक केन्द्रीय सदस्य बनेकी हुन्। उनी पूर्व कांग्रेस नेता रामचन्द्र पौडेलको कोटामा मनोनित भएको बताइएको छ।

आठ जना थपिएसँगै कांग्रेस केन्द्रीय कार्यसमिति १६५ सदस्यीय बनेको छ। विधानअनुसार केन्द्रीय समिति १६७ सदस्यीय हुन्छ। सभापति देउवाले कोषाध्यक्ष पनि मनोनित गर्न बाँकी छ।

को हुन् समूहका ?
चन्द्र भण्डारी (शेखर समूह)
शारदा पौडेल (रामचन्द्र पौडेल)
मानबहादुर विश्वकर्मा (देउवा समूह)
अर्जुनप्रसाद जोशी (देउवा समूह)
शिवप्रसाद हुमागाईं (सिटौला समूह)
किरणराज शर्मा पौडेल (शेखर समूह)
भरतकुमार शाह (देउवा समूह)
अनिलकुमार रुंगटा (देउवा समूह)

National life insurance

 

प्रकाशित: Sep 21, 2023| 15:50 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्