शुक्रबार, वैशाख २६, २०८२

सांसदहरू सिंहदरबार छिर्न नसक्दा दुई समितिका बैठक स्थगित

प्रतिनिधिसभाअन्तर्गत आजका लागि निर्धारित अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका बैठक स्थगित भएका हुन्।
 |  बिहीबार, असोज ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

vianetvianet

काठमाडौं– नेपाल शिक्षक महासंघको आन्दोलनका कारण सवारी आउजाउ प्रभावित भएपछि सांसदहरु समयमै सिंहदरबार पुग्न नसक्दा दुई समितिका बैठक स्थगित भएका छन्। प्रतिनिधिसभाअन्तर्गत आजका लागि निर्धारित अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका बैठक स्थगित भएका हुन्।

triton college

आज बिहान ११ बजे बोलाइएका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएका हुन्। अर्थसमिति सभापति सन्तोष चालिसेले गणपूरक संख्या नपुगेर बैठक स्थगित गरिएको जानकारी बताए।

कतिपय सांसद जिल्ला बाहिर पनि रहेकाले सबैको समय मिलाएर छिट्टै अर्को बैठक बोलाइने उनको भनाइ छ। अर्थ समितिको आजको बैठकमा समितिको कार्यविधि मस्यौदा र विविध विषयमाथिको छलफल गर्ने कार्यसूची थियो।

समितिमा कुल २४ जना सांसद रहेकामा गणपूरक संख्याका लागि १३ जना सांसद हुनुपर्ने भए पनि ११ जना सांसद मात्र बैठकमा उपस्थित भएका थिए। प्रतिनिधिसभा नियमावलीअनुसार आधा घन्टासम्म गणपूरक संख्या नपुगेमा बैठक स्थगित गर्ने व्यवस्था छ।

यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक पनि गणपूरक संख्या नपुगेका कारण स्थगित भएको छ। समितिमा २७ सदस्य रहेकामा बैठक बस्न १४ सांसद उपस्थित हुनुपर्नेमा १२ जना मात्र उपस्थित थिए।

National life insurance

प्रकाशित: Sep 21, 2023| 15:51 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्