शनिबार, भदौ २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वित्तीय क्षेत्र सुधारको कार्ययोजना पेस गर्न निर्देशन

वित्तीय क्षेत्र सुधारको कार्ययोजना पेस गर्न निर्देशन

समितिको बैठकबारे अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न कानुनी व्यवस्था सुधारका लागि पहल गर्ने निर्णय भएको जानकारी दिएको हो।
 |  बिहीबार, असोज ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

vianetvianet

काठमाडौं– वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समिति बैठकले वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई साताभित्र पेस गर्न नियामक तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ। समितिको बैठकबारे अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न कानुनी व्यवस्था सुधारका लागि पहल गर्ने निर्णय भएको जानकारी दिएको हो।

Kumaribank

समिति बैठकले नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र नेपाल धितोपत्र बोर्डसम्बन्धी ऐन संशोधनको प्रक्रियालाई शीघ्रता दिने निर्णय गरेको छ। त्यस्तै, डिजिटल बैंक स्थापना गर्नेसम्बन्धी विद्यमान कानुनी व्यवस्थाको पुनरवलोकन गर्ने निर्णय भएको पनि अर्थको भनाइ छ।

सहुलियतपूर्ण कर्जा कार्यक्रमको प्रभावकारिताका सम्बन्धमा अध्ययन प्रतिवेदनलाई आधार मानी पुनरवलोकन गर्ने, विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउन प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने तथा रेमिट्यान्स बन्ड जारी गर्न कानुनी व्यवस्था र कार्ययोजना तयार पार्ने निर्णय भएको छ।

वित्तीय मध्यस्थता लागत कम गर्ने सम्बन्धमा गर्नुपर्ने सुधारको विषयमा सम्बन्धित निकायले नीति एवं कार्यविधि तर्जुमा प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय पनि समितिले गरेको छ।

त्यसैगरी वित्तीय क्षेत्र, पुँजीबजार र बिमा क्षेत्रको गतिविधि एवं नियमनलाई थप प्रभावकारी बनाउने र समन्वयात्मक तरिकाले काम गर्ने निर्णय भएको अर्थ मन्त्रालयको भनाइ छ।

Metro Mart

नियामकको क्षमता अभिवृद्धि गर्ने कामलाई सम्बन्धित संस्थाले तदारुकताका साथ अगाडि बढाउने निर्णय भएको पनि मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ। अर्थमन्त्री डा. प्रकाश शरण महतको अध्यक्षतामा बसेको समितिको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत सहभागी थिए।

प्रकाशित: Sep 21, 2023| 14:52 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्