शुक्रबार, असार १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नियमविपरीत उच्चपदस्थलाई दिइएका सुरक्षाकर्मी फिर्ता ल्याउन निर्देशन

नियमविपरीत उच्चपदस्थलाई दिइएका सुरक्षाकर्मी फिर्ता ल्याउन निर्देशन

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकले भीभीआईपी र भीआईपीलाई मापदण्डविपरीत दिइएका सुरक्षाकर्मीदेखि भान्सेसम्मका जनशक्ति फर्काउन आग्रह गरेको हो। 
 |  बिहीबार, असोज ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

vianetvianet

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकले पहुँचका आधारमा उच्चपदस्थले कानुनविपरीत राख्दै आएका सुरक्षाकर्मी, सवारीचालक र भान्सेलाई १५ दिनभित्र फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ।

आज बसेको  बैठकले भीभीआईपी र भीआईपीलाई मापदण्डविपरीत दिइएको सुरक्षाकर्मीदेखि भान्सेसम्मका जनशक्ति फर्काउन आग्रह गरेको हो। 

समितिले राजनीति र प्रशासनिक पहुँचमा रहेका बहालवाला/भूतपूर्व उच्चपदस्थ (भीभीआईपी/भीआईपी)ले पहुँचका आधारमा  प्रहरी सुरक्षाकर्मी, सवारीचालकलगायतको दुरुपयोग गरेको देखिएकाले समितिले १५ दिनभित्र फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको हो। बैठकले उनीहरुलाई फिर्ता गरी दरबन्दी भएको ठाउँमा पठाएर समितिलाई जानकारी गराउन निर्देश गरेको छ। 

बैठकले मन्त्रिपरिषद् कार्यालयको निर्णयअनुसार सार्वजनिक बिदाका दिन कार्यालय खोलिने भनिए पनि हालसम्म कार्यान्वयन नहुनुको कारण मागेको छ। बैठकले सरकारका मन्त्री तथा पदाधिकारीले नियमअनुसार पाउनेभन्दा बढी सवारी साधन प्रयोग गरेको भए फिर्ता गर्न निर्देशन जारी गरेको समितिका सभापति रामहरि खतिवडाले बताए। 

उनले भने, त्यसको जानकारी पनि राज्य व्यवस्था समितिलाई गराउन बैठकले निर्देशन दिएको छ। मन्त्रीलगायत सबै पदाधिकारीले नियमभन्दा बढी सवारी साधन प्रयोग गरेको भए तिनलाई फिर्ता गर्न निर्देशन दिएका छौं’, उनले भने।

प्रकाशित: Sep 21, 2023| 14:29 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्