बिहीबार, असार ३२, २०८३

कांग्रेस केन्द्रीय सदस्यमा आठ जना मनोनित

 |  बिहीबार, असोज ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा आठ जना मनोनित भएका छन्।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उनीहरुलाई केन्द्रीय सदस्य मनोनित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

मनोनित हुनेमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाईं (काभ्रे), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) छन्।

प्रकाशित: Sep 21, 2023| 14:25 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्