आइतबार, मंसिर १७, २०८०

सानेपाबाट कांग्रेसको केन्द्रीय समिति बैठक लाइभ

पदाधिकारी बैठक बसेपछि आजै कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजेदेखि मुख्यालय सानेपामा बसिरहेको छ।
 |  बिहीबार, असोज ४, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

काठमाडौं–सत्तारुढ कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको छ। आज बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल भएको हो। 

sagarmatha cement

कांग्रेसमा १३ पदाधिकारी छन्। बिहान ९ देखि ११ बजेसम्म धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा मंसिरमा हुने महासमिति बैठक र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। पदाधिकारी बैठक बसेपछि आजै कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजेदेखि मुख्यालय सानेपामा बसिरहेको छ।

आजको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण भइरहेको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए। गत २ देखि १० साउनसम्म चलेको केन्द्रीय समिति बैठक पनि कांग्रेसको फेसबुक पेजबाट लाइभ गरिएको थियो।

यद्यपि कांग्रेसमा केही केन्द्रीय सदस्यले बैठक लाइभ गर्न नहुने बताएका थिए। तर, सभापति देउवासहितका अधिकांश केन्द्रीय सदस्यले बैठक लाइभ गर्नुपर्ने अडान लिएका थिए। केन्द्रीय समिति बैठकमा कार्ययोजनाबारे समीक्षा, महासमिति बैठकलगायत विषयमा छलफल हुने महामन्त्री शर्माले बताए।

प्रकाशित: Sep 21, 2023| 13:17 बिहीबार, असोज ४, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्