शुक्रबार, असार १३, २०८२

आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार अमेरिका उडेका प्रधानमन्त्री प्रचण्डले आज संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गर्न लागेका हुन्।
 |  बिहीबार, असोज ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

vianetvianet

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गर्ने भएका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार अमेरिका उडेका प्रधानमन्त्री प्रचण्डले आज संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गर्न लागेका हुन्। राष्ट्रसंघको महासभा सुरु भएको चार दिनपछि नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्ने भएका हुन्।

सम्बोधनका क्रममा नेपालले हासिल गरेका राजनीतिक उपलब्धि, शान्ति प्रक्रियाबारेका अधुरा कामलाई पूरा गर्न भइरहेका प्रयास, समावेशी शासन प्रणालीको अभ्यास, दिगो विकास र जलवायु परिवर्तनबारे प्रधानमन्त्री प्रचण्डले विश्व समुदायलाई अवगत गराउनेछन्।

यसै वर्ष दिगो विकास, जलवायु परिवर्तन दिगो विकासका लक्ष्य हासिल गर्न वित्तिय प्रवन्धलगायतका संयुक्त राष्ट्रसंघका मुलुकको साझा चासो र सरोकारका विषयमा पनि धारणा राख्नेछन्।

यसपालिको महासभामा अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्षको हैसियतले नेपालले४७ देशको प्रतिनिधित्व गर्दै साझा चासोका विषयमा विभिन्न मञ्चमा आफ्नो धारणा राखेको छ। महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड भोलि शुक्रबार अमेरिकाबाट सीधै चीन भ्रमणमा निक्लनेछन्।

प्रकाशित: Sep 21, 2023| 10:36 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्