मंगलबार, वैशाख २९, २०८३

भाटभटेनीको २६ औँ स्टोर बिर्तामोडमा

 |  बिहीबार, असोज ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

National life

भाटभटेनी सुपरमार्केटले आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ। झापाको बिर्तामोडमा बिहीबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले धार्मिक विधिअनुसार शुभारम्भ गरेका हुन्।
 
यसअघि भाटभटेनीले जनकपुरमा स्टोर सञ्चालनमा ल्याएको थियो। ग्राहकको चाहना र मागअनुसार आफूहरू सधैँ अघि बढेको उल्लेख गर्दै उनले इमानदार भएर सेवामा लाग्ने बताए।

विषम परिस्थितिमा पनि रोजगारी सिर्जना गर्न सफल भएको भन्दै उनले यो स्टोर सञ्चालन ऐतिहासिक भएको  बताए। बेरोजगारीको विकराल अवस्थामा पनि मेचीदेखि महाकालीसम्म रोजगारी सिर्जना गर्न सफल भएको गुरुङले बताए।
 

प्रकाशित: Sep 21, 2023| 09:24 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्