शनिबार, असार १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • शिक्षक विद्यार्थीको भविष्यप्रति सचेत हुनुपर्छ, समस्याको हल खोज्‍नैपर्छ : कांग्रेस महामन्त्री शर्मा 

शिक्षक विद्यार्थीको भविष्यप्रति सचेत हुनुपर्छ, समस्याको हल खोज्‍नैपर्छ : कांग्रेस महामन्त्री शर्मा 

 |  बुधबार, असोज ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षा ऐन मार्फत वर्षौंदेखि अल्झिएका शिक्षकका समस्याको हल खोज्‍नैपर्ने बताएका छन्। 

बुधबारदेखि नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरु विद्यालय बन्द गरेर सडकमा उत्रिएपछि महामन्त्री शर्माले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित मागहरु सरकारले सम्बोधन गर्नुपर्ने बताएका हुन्।

उनले शिक्षकहरुले आफ्नो हकका लागि आन्दोलनको बाटो रोज्दै गर्दा प्रत्येक विद्यार्थीको शैक्षिक भविष्यबारे समेत सचेत हुनुपर्ने उल्लेख गरेका छन्।

महामन्त्री शर्माले सामाजिक सन्जालमार्फत् भनेका छन्, 'शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ। वर्षौंपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऐन मार्फत वर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नैपर्छ। हामी लोकतान्त्रिक राज्य प्रणालीमा छौं, एक व्यक्ति मात्रको आवाज पनि सुन्ने कर्तव्य राज्यको हुन्छ भने लोकतान्त्रिक राज्यले लाखौं शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नुहुन्न।'

महामन्त्री शर्माले सरकारले प्रत्येक शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्ने र गराउने गरी व्यवस्था गर्नुपर्ने बताएका छन्।

'प्रत्येक शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्ने/ गराउने कर्तव्य राज्यको हो भने प्रत्येक विद्यार्थीको शैक्षिक भविस्यमा नकारात्मक असर पर्न नदिने अभिभावकत्व शिक्षकको प्रधान दायित्व हो,' उनले लेखेका छन्,' संवाद मार्फत तत्काल समाधान खोजेर विद्यालय अविलम्ब सुचारू गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपील।'

प्रकाशित: Sep 20, 2023| 18:29 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्