शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकको फन्ड ट्रान्सफरमा मोबाइल जित्ने अवसर

एनआईसी एशिया बैंकको फन्ड ट्रान्सफरमा मोबाइल जित्ने अवसर

 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

एनआईसी एशिया बैंक लिमिटेडले कनेक्ट आईपीएससँगको सहकार्यमा नयाँ अफर सार्वजनिक गरेको छ। यसअन्तर्गत ग्राहकले एनआईसीको मोबाइल बैंकिङबाट कनेक्ट आईपीएस प्रयोग गरी फन्ड ट्रान्सफर गर्दा हरेक हप्ता मोबाइल फोन जित्ने अवसर छ।

भदौ १७ देखि सुरु भएको उक्त योजना असोज २० गतेसम्म चल्ने छ। यो अवधिभर हरेक हप्ता ‘लक्की ड्र’मार्फत विजेता घोषणा गरिने बैंकले जनाएको छ। आफ्नो मोबाइल एप २४ लाख भन्दा बढी ग्राहकले प्रयोग गरिरहेको बैंकले दाबी गरेको छ। मोबाइल बैंकिङ एप प्रयोग गरी कनेक्ट आईपीएसमार्फत प्रतिदिन ३ लाख रुपैयाँसम्म रकम ट्रान्सफर गर्न सकिन्छ।

 

प्रकाशित: Sep 20, 2023| 17:24 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्