शनिबार, असार १४, २०८२

एनएमबि बैंकको डिजी स्टेशन सञ्चालनमा

 |  बुधबार, असोज ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

vianetvianet

एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने लक्ष्यका साथ अत्याधुनिक ‘डिजी स्टेशन’को सुरुवात गरेको छ। डिजी स्टेशन ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेशन हो। जसमा नगद जम्मा, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी र स्टेटमेन्ट जेनरेट स्वचालित प्रणालीबाट गर्न सकिन्छ।

डिजी स्टेशनको सुरुवातले बैंकिङ सेवा, सुविधामा वृद्धि हुने विश्वास बैंकले लिएको छ। प्रथम चरणको डिजी स्टेशनको सुरूवात एनएमबि भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरि सञ्चालन गरिएको छ।

क्यास डिपोजिट मेसिनमा ग्राहकले १ लाखभन्दा कम रकम बैंकको काउन्टर नपुगी आफैँ खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोही मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा छ। साथै चेक डिपोजिट मेसिनमा ग्राहक वर्गले चेक स्टपदेखि नयाँ चेकको आवेदन र क्लियारिङ चेकसमेत डिपोजिट गर्ने सुविधा रहेको छ। एनएमबि बैंकले २०१ शाखा, १४५ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

 

प्रकाशित: Sep 20, 2023| 17:22 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्