मंगलबार, वैशाख २९, २०८३

मुक्तिनाथ सेयरधनी बचत खातामा सुविधा थप

 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

National life

मुक्तिनाथ विकास बैंकले सेवाग्राहीलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकलाई सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल लिमिटेड र सेयर ब्रोकर कम्पनीबीच त्रिपक्षीय सम्झौता गरेको छ। यो सम्झौता बमोजिमको सुविधा ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ खोल्ने ग्राहकले पाउनेछन्।

सम्झौता बामोजिम बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट तीन वटा कम्पनी (मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल र तोकिएका सेयर ब्रोकर)ले दिने विभिन्न सेवा सुविधा पाउनेछन्। ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ एक सय रुपैयाँ न्यूनतम मौजदातमा खोल्न सकिन्छ। यसमा निःशुल्क कनेक्ट आईपीएस रजिष्टे«शन, निःशुल्क मोबाइल र इन्टरनेट बैंकिङको सुविधा छ।

यसका साथै मुक्तिनाथ क्यापिटलबाट निःशुल्क डिम्याट खाता, मेरो सेयर रजिष्ट्रेशन र पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशतसम्म छुट तथा ब्रोकर कम्पनीबाट निःशुल्क ब्रोकर खाताको सुविधा पाउने बैंकले जनाएको छ। यो सम्झौतामा क्यापिटल म्याक्स (ब्रोकर नं. ६२), मियो सेक्युरिटिज् (ब्रोकर नं. ६६) र हातेमालो फाइनान्सियल सर्भिसेज् (ब्रोकर नं. ७२) आवद्ध भएका छन्।

प्रकाशित: Sep 20, 2023| 17:21 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्