सोमबार, पुस १४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ‘यामाहा फेस्टिभ सेलिब्रेसन विथ रोडिज पावर अफ फाइभ’ सार्वजनिक

‘यामाहा फेस्टिभ सेलिब्रेसन विथ रोडिज पावर अफ फाइभ’ सार्वजनिक

 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

यामाहा नेपालले चाडपर्वलाई लक्षित गर्दै मोटरसाइकल र स्कुटरमा नयाँ अफर सार्वजनिक गरेको छ। यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ’ अफर सार्वजनिक गरेको हो।

National life

दशैं , तिहार तथा छठ पर्वलाई अविस्मरणीय बनाउने उद्देश्यले अफर सार्वजनिक गरेको कम्पनीको भनाइ छ। अफरमा यामाहाको मोटरसाइकल र स्कुटरमार्फत स्पोर्टीनेस, स्टाइलिस र एक्साइटमेन्ट ल्याइएको कम्पनीको भनाइ छ।

‘यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ योजना अन्तर्गत यामाहाको कुनै पनि स्कुटर खरिद गर्दा ६ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म र बाइक खरिद गर्दा ८ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको स्युर–सट क्यासब्याक, लक्की ड्रद्वारा दैनिक यामाहा राइडिङ ज्याकेट, आईफोन १४ को साप्ताहिक उपहार, र प्रत्येक महिना विजेताले जापान जाने मौका पाउन सक्नेछन्,’ कम्पनीले विज्ञप्तमार्फत भनेको छ।

एमएडब्ल्यु टु ह्वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले चाडपर्वको सिजनमा अफर ल्याउन पाउँदा खुसी लागेको बताए।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 20, 2023| 17:19 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्