मंगलबार, वैशाख २९, २०८३

‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै !’

 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

हरेक वर्ष जस्तै यो वर्ष पनि सामसङ नेपालले आफ्ना ग्राहकहरुका लागि उत्साहजनक ग्राहक प्रवर्द्धन योजना ‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै!’ शुरु गर्ने भएको छ।

National life

जब ग्राहकले कुनै पनि सामसङ मोबाइल वा ट्याब्लेट खरिद गर्नेछन्, तब त्यो उपकरण मात्र होइन, हरेक दिन उपहार स्वरुप रु.२ लाख ३३ हजार ९०० मूल्य बराबरको टीभीएस एनटर्क १२५ सीसी जित्ने अवसर पनि पाउनेछन्।

‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै!’शिर्षकले भने जस्तै, यो वर्ष सामसङ नेपालले हरेक दिन उपहारमा एउटा टिभिएस एनटर्क १२५ सीसी प्रदान गर्नेछ, जस अनुसार जम्मा २५ दिनमा २५ जना विजेताहरुले उक्त उपहार प्राप्त गर्ने पक्का छ।

यस योजना अन्तर्गत सामसङ स्मार्टफोन र सामसङ ट्याब्लेट किन्ने जो कोही ग्राहकयस योजनामा सहभागी बन्न सक्नेछन् र शनिबार बाहेक हरेक दिन एक टीभीएस एनटर्क १२५ सीसीको भाग्यशाली विजेता बन्न सक्नेछन्।

कम्पनीका अनुसार शनिबार यो योजना नभएपनि शनिबारको दिन प्रवर्द्धन योजनामा सहभागी भएका ग्राहकहरुको नाम आइतबार गरिने लक्की ड्रमा सामेल गरिनेछ। योजना अवधिभरमा जम्मा २५ जना भाग्यशाली विजेताहरुको नाम सार्वजनिक गरिनेछ।

यो योजना २०८० असोज ५ गते शुरु भई २०८० कात्तिक ३ गतेसम्म कायम रहनेछ। यद्यपि ग्राहकहरुले असोज २ गतेदेखि नै यस योजनामा सहभागी बन्न सक्नेछन्। असोज २ देखि असोज ५ सम्म प्राप्त भएका ईन्ट्रीहरुलाई असोज ५ गते हुने लक्की ड्रमा एकसाथ समावेश गरिनेछ। लक्की ड्र सातामा २ पटक इमेज च्यानलको म्युजिक अफ योर च्वाइस कार्यक्रममा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

 

प्रकाशित: Sep 20, 2023| 17:16 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्