बुधबार, असोज ८, २०८२

जगदम्बा मोटर्सको च्याम्पियन्स एक्स्चेन्ज मेला

 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले च्याम्पियन्स एक्स्चेन्ज मेलाको आयोजना गरेको छ।

Kumaribank

असोज १ गते देखि काठमाडौंको भृकुटीमण्डपमा आयोजित यो मेला असोज ६ गतेसम्म चल्ने छ । यस भव्य मेला मार्फत ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट तथा उपहारहरु पाउने कम्पनीले जानकारी दिएको छ ।

यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मूल्यांकन भन्दा रु १० हजार बढी मूल्य पाउने छन्।

मेला मार्फत नै उपभोक्ताले कम्पनीद्वारा दशैँ तथा तिहारका सुअवसरमा सार्वजनिक ‘हर मोडमा उमंग’ योजना अन्तर्गत, नकिन्दै १ लाख र किन्दा नगद रु. ५ लाख सम्मको नगद छुट पनि पाउन सक्ने व्यवस्था रहेको छ।

साथै, हरेक महिना लक्कि ड्र मार्फत सत् प्रतिशत क्यास ब्याक पनि जित्न सक्नेछन् र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु. १० लाखको नगद पुरस्कार उपलब्ध गरिने जनाएको छ।

Metro Mart

यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र शुन्य प्रतिशत ब्याजदरको ईएमआइमा ईच्छुकले बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन् । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्ने छन् ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा  ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ।

 

प्रकाशित: Sep 20, 2023| 17:14 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्