मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ‘नमस्ते पे’ मा पूर्ण केवाईसी अपडेट गर्ने नयाँ प्रयोगकर्तालाई नगद पुरस्कार

‘नमस्ते पे’ मा पूर्ण केवाईसी अपडेट गर्ने नयाँ प्रयोगकर्तालाई नगद पुरस्कार

 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

नमस्ते पेले सबै प्रयोगकर्ताहरुलाई एउटै छानामा समावेश गर्ने उद्देश्यका साथ नजिकिँदै गरेका ठूला चाडपर्वलाई लक्षित गर्दै नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियानको घोषणा गरेको छ ।

National life

जसअन्तर्गत नमस्ते पे एप डाउन लोडगरि पूर्ण KYC दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले ५० रुपैयाँ प्राप्त गर्नेछन् । यो अभियान २०८० साल असोज १ गतेदेखि असोज १५, २०८० सम्म लागू हुने नमस्ते पेले प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

नमस्ते पे एप डाउनलोड गरी पूर्ण KYC दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले तुरुन्तैआफ्नो मुख्य वालेटमा ५० रुपैयाँ प्राप्त गर्ने छन् । प्रयोगकर्ताहरूले कुनै पनि लेनदेनमा ५० रुपैयाँको पुरस्कृत रकम प्रयोग गर्न सक्छन् । प्रयोगकर्ताहरूले मूल कागजातहरूको फोटो अपलोड गरेर KYC प्रमाणित गर्नु पर्नेछ । कागजातहरू नागरिकता, राहदानी, लाइसेन्स र मतदान कार्ड मध्येकुनै एक हुनु पर्ने छ ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले प्रारम्भ गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

 

प्रकाशित: Sep 20, 2023| 17:13 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्