मंगलबार, वैशाख २९, २०८३

आठ भेरियन्टमा भित्रियो होण्डा एलिभेट

 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

होण्डाको मिड साइज एसयूभी एलिभेट नेपाली बजारमा आएको छ। होण्डाका लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङले ८ वटा भेरियन्टको एलेभेट सार्वजनिक गरेको हो। कम्पनीले एसभिएमटी, भिएमटी, भिएक्सएमटी, जेडएक्सएमटी, भिसिभिटी, भिएक्ससिभिटी, जेडएक्ससिभिटी, जेडएक्ससिभिटी (डिटी) भेरियन्ट नेपाली बजारमा ल्याएको हो।

National life

१.५ लिटर पेट्रोल इन्जिनयुक्त यो गाडीमा ६ स्पिड म्यानुअल र ७ स्पिड कन्टिनियसली भेरिएबल ट्रान्समिसन (सिभिटी) छ। यसको म्यानुअल ट्रान्समिसन इन्जिनले प्रतिलिटर १५.३१ र सिभिटीले १६.९२ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ।

कम्पनीले यसको मूल्य एसभिएमटीको ५६ लाख ३५ हजार, भिएमटीको ६० लाख ३५ हजार, भिएक्सएमटीको ६६ लाख ९५ हजार, जेडएक्सएमटीको ७३ लाख ४४ हजार, भिसिभिटीको ६५ लाख ७० हजार, भिएक्ससिभिटीको ७१ लाख ९५ हजार, जेडएक्ससिभिटीको ७८ लाख ७० हजार, जेडएक्ससिभिटी (डिटी)को ७९ लाख ४४ हजार निर्धारण गरेको छ।

होण्डा एलिभेटको हुन्डाई क्रेटा, मारुती सुजुकी ग्रान्ड भिटारा, किया सेल्टोसलगायत गाडीसँग सिधा  प्रतिस्पर्धा हुनेछ।

 

प्रकाशित: Sep 20, 2023| 17:12 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्