आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण

एडीबीले कोभिड महामारीपछि आर्थिक वृद्धिदर बढे पनि कसिलो मौद्रिक नीति र वैदेशिक मुद्रा सञ्चितिका लागि राष्ट्र बैंकले कडाइ गर्दा गत आवमा आर्थिक वृद्धि कम भएको उल्लेख गरेको छ। 
 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

काठमाडौं– एसियाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। एडीबीले गत आर्थिक वर्षमा १.९ प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गर्दै आगामी वर्ष बढ्ने प्रक्षेपण गरेको हो।

triton college

आगामी वैशाखसम्म ५ प्रतिशत वृद्धि हुने र सेप्टेम्बरमा पुग्दा ४.३ आर्थिक वृद्धिदर हुने एडीबीले उल्लेख गरेको छ।

चालू आर्थिक वर्ष अन्तसम्म अहिले बढेको महँगी घट्ने प्रक्षेपण एडीबीको छ। एडीबीले कोभिड महामारीपछि आर्थिक वृद्धिदर बढे पनि कसिलो मौद्रिक नीति र वैदेशिक मुद्रा सञ्चितिका लागि राष्ट्र बैंकले कडाइ गर्दा गत आवमा आर्थिक वृद्धि कम भएको उल्लेख गरेको छ।

बैंकको ब्याजदर वृद्धि र आयात प्रतिबन्ध लगाउँदा आर्थिक वृद्धि संकुचन भएको विश्लेषण एडीबीको छ।

प्रकाशित: Sep 20, 2023| 15:58 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्