शनिबार, वैशाख २६, २०८३

परीक्षाबिनै ३६ जिल्ला न्यायाधीशले पाए नियुक्ति

जिल्ला अदालतका २९ न्यायाधीशका लागि लिइएको खुला प्रतिस्पर्धात्मक परीक्षामा एक जना मात्र उत्तीर्ण भएपछि बाँकी परीक्षाबिनै नियुक्त भएका हुन्। 
 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

काठमाडौं– न्याय परिषद्ले ३६ जिल्ला न्यायाधीश नियुक्त गरेको छ। जिल्ला अदालतका २९ न्यायाधीशका लागि लिइएको खुला प्रतिस्पर्धात्मक परीक्षामा एक जना मात्र उत्तीर्ण भएपछि बाँकी परीक्षाबिनै नियुक्त भएका हुन्।

National life

मंगलबारको न्याय परिषद् बैठकले उच्च अदालतका १ र जिल्ला अदालतका १८ जना न्यायाधीशको सरुवा पनि गरेको छ। नियुक्ति परीक्षामा सहभागी २११ मध्ये न्याय सेवाका कर्मचारी पारसमणि पोखरेल मात्र उत्तीर्ण भएका थिए। 

तर, परीक्षाबाट पदपूर्ति हुन नसकेका पदमा पनि न्याय परिषद्ले न्यायाधीश नियुक्त गरेको हो। रिक्त दरबन्दीको ८० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने संविधानको व्यवस्था छ।

आयोगले यसटकको विज्ञापनमा आन्तरिक खुलामा १५, खुलामा ७, महिला २, आदिवासी जनजाति २, मधेसी २ र दलितबाट १ गरी २९ जनाको पदपूर्ति प्रक्रिया अघि बढाएको थियो।

प्रकाशित: Sep 20, 2023| 14:09 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्