शनिबार, असार १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • संविधानप्रति समर्पण भए मात्रै कार्यान्वयन सम्भवः कार्यवाहक प्रधानमन्त्री खड्का

संविधानप्रति समर्पण भए मात्रै कार्यान्वयन सम्भवः कार्यवाहक प्रधानमन्त्री खड्का

संविधानको कार्यान्वयनलाई गति दिँदै राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत रहेको खड्काको धारणा।
 |  बुधबार, असोज ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

vianetvianet

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानप्रति सबैको सच्चा सम्मान र समर्पणले नै देशलाई समृद्ध लोकतन्त्रको नयाँ उचाइमा पुर्‍याउन  सकिने बताएका छन्।

उनले संविधानका आधारस्तम्भहरू क्रमशः सबल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भएकाले अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय भएको स्पष्ट पारे। आज संविधान दिवस २०८० अवसरमा मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले यस्तो बताएका हुन्।

संविधानको कार्यान्वयनलाई गति दिँदै राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत रहेको उनको भनाइ छ।

‘भौतिक पूर्वाधारका साथै आर्थिक र सामाजिक पूर्वाधार निर्माणमा जोड दिँदै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन अब हामी सबै थप समर्पणभावका साथ जुट्नुपरेको छ। संविधान कार्यान्वयनबाट सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्दै जनतालाई गरिबी, अशिक्षा तथा पछौटेपनबाट मुक्ति दिलाई समतामूलक समाजको सिर्जना गर्नु हाम्रो साझा दायित्व हो,’ उनले भने।

संविधानको मर्म र भावनाबमोजिम नागरिकलाई खुसी एवं सम्पन्न बनाउन, सुशासनको प्रत्याभूति दिन र भ्रष्टाचार अन्त्य गर्न राज्यका सम्पूर्ण संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरिएको उनले उल्लेख गरे।

प्रकाशित: Sep 20, 2023| 13:18 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्