मंगलबार, वैशाख २९, २०८३

सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सुरु

द्रुत बस गुड्ने सडकमा रातो रंगले पोतिएको लेन बनाइएको छ। 
 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

काठमाडौं– संविधान दिवस अवसर पारेर भक्तपुरको सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालनमा ल्याइएको छ। आज काठमाडौंको रत्नपार्कमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा उद्घाटन गरेका हुन्।

National life

द्रुत सेवाका बसमा मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरका मेयर बालेन साह तथा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयर सवार भई यात्रा गरेका छन्।

अरु सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घन्टा समय लाग्ने गरेकामा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए।

माइतीघर, कोटेश्वर, जडीबुटीजस्ता ट्राफिक जाम बढी हुने चोकमा पनि द्रुत सेवाका बस रोकिनुपर्ने छैन। द्रुत बसमा हालका लागि रत्नपार्क–सूर्यविनायक रुटका अरु सार्वजनिक बसले लिने भाडा कायम गरिएको छ।

द्रुत सेवाका बस रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन्। द्रुत बस गुड्ने सडकमा रातो रंगले पोतिएको लेन बनाइएको छ।

यी लेनमा दैनिक बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ। सूर्यविनायक–रत्नपार्क रुटमा चल्ने द्रुत बस सेवा आज उद्घाटन भए पनि बिहीबारदेखि मात्र सर्वसाधारण यात्रुलाई सेवा दिइनेछ।

प्रकाशित: Sep 20, 2023| 11:57 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्