शनिबार, असार १४, २०८२

देशैभर हर्षोल्लासपूर्वक मनाइँदै संविधान दिवस

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ३ असोज २०७२ मा ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए।
 |  बुधबार, असोज ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

vianetvianet

काठमाडौं– संविधान दिवस २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। संविधान दिवस अवसरमा विभिन्न राजनीतिक दलमा आबद्ध नेता, कार्यकर्ताले कतै सरसफाइ, कतै बिरामीलाई फलफूल वितरण र कतै संविधानको प्रशस्तिगान गरी विभिन्न कार्यक्रम गरिरहेका छन्।

संविधान दिवस देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्थालगायतले विभिन्न कार्यक्रम गरी मनाइरहेका छन्।

संघीय राजधानी काठमाडौंको टुँडिखेलस्थित  सैनिक मञ्चमा आयोजना गरिएको संविधान दिवस कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल मुख्य अतिथिको रुपमा सहभागी भए।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ३ असोज २०७२ मा ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए।
संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ।

नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान, २०६३ खारेज भएको थियो। संविधान जारी हुँदा संविधानसभा अध्यक्षका रूपमा स्व. सुवासचन्द्र नेम्वाङ थिए।

संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलक ५३७ जना सभासद्ले हस्ताक्षर गरेका थिए। ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची छन्।

प्रकाशित: Sep 20, 2023| 11:18 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्