शनिबार, असार १४, २०८२

टुँडिखेलमा मनाइयो संविधान दिवस

टुँडिखेलमा मनाइएको संविधान दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेकाले सहभागी हुन सकेनन्।
 |  बुधबार, असोज ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

vianetvianet

काठमाडौं– संविधान दिवस २०८० मूल समारोह समितिको आयोजनामा राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथिका रूपमा निम्ताएर सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको छ।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, संघीय संसद्का सभापति र सांसदहरू, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, विदेशी मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा सञ्चारकर्मी उपस्थित थिए।

सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस, २०८०’ लेखिएको ब्यानर प्रदर्शन तथा पृष्पवृष्टि गरिएको थियो। ब्यानर लेखिएको होलिकोप्टरले चक्रपथ परिक्रमा गरेको थियो। मैदानबाट रंगीचंगी बेलुन र शान्तिका दूत परेवा उडाइनुका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न टोलीबाट मार्चपास तथा सांगीतिक प्रस्तुति गरिएको थियो।

काठमाडौं महानगर, ललितपुर महानगर र भक्तपुर नगरपालिकाद्वारा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो भने सूचना तथा प्रसारण विभागबाट प्रकाशित ‘नेपाल’ द्वैमासिकको संविधान दिवस विशेषांक विमोचन गरिएको थियो।

समारोहमा कार्यवाहक प्रधानमन्त्री खड्काले सम्बोधन गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने विदेशमा रहेकाले आजको समारोहमा उपस्थित भएनन्। उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा छन्।

प्रकाशित: Sep 20, 2023| 10:41 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्